गुगलको २३ औँ वार्षिक उत्सव आज

काठमाडौँ । इन्टरनेटको प्रयोगमा निकै चर्चित गुगल सोमबार २३ वर्ष पुगेको छ । विश्वभर गुगललाई अधिकांश व्यक्ति तथा संस्थाले गुगलको जन्मदिनको शुभकामना दिइरहेका छन् ।
गुगलको सुरुवात १९९८ को सेप्टेम्बर ४ मा भएको थियो । यद्यपि, कम्पनीले भने सेप्टेम्बर २७ लाई नै आफ्नो जन्मदिनको रुपमा मनाउँदै आएको छ ।
सबै व्यक्ति तथा संस्थाले कुनै समाचार हेर्नु पर्यो, गीत खोज्नु पर्यो, मौसम जानकारी लिँदा, दिँदा, कुनै सामान खरिद बिक्रीलगायत अन्य खोजीका लागि गुगलको प्रयोग गर्छन् ।
गुगलले इन्टरनेटको प्रयोगमा ठूलो परिवर्तन ल्याएको अनलाइन तथा सञ्चार विज्ञ एंव काठमाडौँ विश्वविद्यालयका सहप्रध्यापक सुधांशु दाहाल बताउँछन् ।
सन् १९९७ मा स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातक गरेका सर्गे ब्रिन र स्नातक गर्न लागेका ल्यारी पेजबीच भेट भएको थियो । त्यसैको एक वर्षमा अर्थात् सन् १९९८ मा यी दुई मिलेर गुगल सर्चको सुरुवात गरेका हुन् ।
हरेक दिन अर्बौं प्रयोगकर्ताहरू गुगलमा विभिन्न कुराको बारेमा खोजी गर्ने गर्छन् । एउटा सानो कोठाबाट सुरु भएको गुगलका आज विश्वभर २० वटा डेटा सेन्टर छन् ।

















‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया