देशभर थप १२ सय ८२ मा कोरोना संक्रमण, ७ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज ११ गते १६:४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमवार काठमाडौं उपत्यकामात्रै ३९४संक्रमित थपिएका छन् ।
मन्त्रालयकाअनुसार काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण पुष्टी भएका थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट११ हजार १०३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा एक हजार २६२ कोरोना संक्रमणमुक्त भएका छन् ।
देशभर अहिले १८ हजार ८४८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया