पत्रकारमाथि हातपातको महासंघद्वारा ध्यानाकर्षण

काठमाडौं । समाचारको विषयलाई लिएर रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि हातपात भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
रेडियो हाताभित्र भएको हातपात र कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघले ध्यानाकर्षण गरेको हो ।
सञ्चारकर्मी विष्टमाथि सामाजिक सञ्जाल र अनलाइनमा समाचारको स्रोत खुलाइ प्रकाशित गरेको भन्दै कालिकोट जिल्लास्थित शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले कार्यालय हाताभित्रै हातापात गरेको महासंघले जनाएको छ ।
साथै विष्टलाई पम्फाका श्रीमान् बखत शाहीले सिम्खडालाई ज्यान मार्ने धम्की दिएको पत्रकार महासंघ कालिकोट शाखाले जनाएको छ ।
कुनै पनि बहानामा स्थानीय निकायमा आसिन रहेका जिम्मेवार व्यक्ति र उनका श्रीमानबाट पत्रकारमाथि भएको घटना प्रेस विरोधी भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि महासंघले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
यस्तै, समाचार संकलनका क्रममा भाद्र १० गते महासंघ काठमाडौं शाखाका सदस्य यज्ञ ढकालमाथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकालचौरका खरिद प्रमुखसहितका कर्मचारीबाट भएको हातपातको घटना भएकोमा पनि महासंघले ध्यानाकर्षण गराएको छ ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया