पत्रकारमाथि हातपातको महासंघद्वारा ध्यानाकर्षण

काठमाडौं । समाचारको विषयलाई लिएर रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि हातपात भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
रेडियो हाताभित्र भएको हातपात र कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघले ध्यानाकर्षण गरेको हो ।
सञ्चारकर्मी विष्टमाथि सामाजिक सञ्जाल र अनलाइनमा समाचारको स्रोत खुलाइ प्रकाशित गरेको भन्दै कालिकोट जिल्लास्थित शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले कार्यालय हाताभित्रै हातापात गरेको महासंघले जनाएको छ ।
साथै विष्टलाई पम्फाका श्रीमान् बखत शाहीले सिम्खडालाई ज्यान मार्ने धम्की दिएको पत्रकार महासंघ कालिकोट शाखाले जनाएको छ ।
कुनै पनि बहानामा स्थानीय निकायमा आसिन रहेका जिम्मेवार व्यक्ति र उनका श्रीमानबाट पत्रकारमाथि भएको घटना प्रेस विरोधी भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि महासंघले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
यस्तै, समाचार संकलनका क्रममा भाद्र १० गते महासंघ काठमाडौं शाखाका सदस्य यज्ञ ढकालमाथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकालचौरका खरिद प्रमुखसहितका कर्मचारीबाट भएको हातपातको घटना भएकोमा पनि महासंघले ध्यानाकर्षण गराएको छ ।













एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया