सोमबार, फागुन १८, २०८२

दूरसञ्चार प्राधिरणद्वारा गाउँमा नेट सेवा दिने काम सुरू

मेरोन्यूज २०७८ असोज १२ गते ११:४३

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका ६ सय ५६ गाउँपालिका तथा नगरपालिकामा इन्टरनेट सेवा सुरु गरेको छ । प्राधिकरणले सबै गाउँ तथा नगरपालिकामा न्यूनतम २० एमबीपीएसको इन्टरनेट सेवा पुर्याउन स्याङ्जा र झापामा काम शुरु गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्राधिकरणले देशभरका पालिकामा रहेका सरकारी कार्यालयहरु स्वास्थ्य चौकी तथा विद्यालयमा इन्टरनेट सेवा जडान तथा विस्तारको काम गरिरहेको र सोहीअनुसार यो वर्ष सेवा पुर्याउने दाबी गरेको छ । प्राधिकरणले सरकारको नीतिअन्तर्गत न्यूनतम २० एमबीपीएसको इन्टरनेट सेवा देशभरका पालिकामा पुर्याउने लक्ष्य राखेको छ । जसमध्ये ६७७ जिल्लामा सेवा पुर्याइने योजना रहेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

सबै पालिकाले आफू मातहतका स्थानीय तहमा रहेका वडा कार्यालय सामुदायिक माध्यमिक विद्यालय स्वास्थ्य चौकीलगायतमा इन्टरनेट सेवा पाउन पालिकाले नै स्थानीय सेवा प्रदायक छनौट गरी सेवा जडान तथा पहुँच पुर्याएको प्रमाण पेश गरेसँगै प्राधिकरणले सो बापतको रकम भुक्तानी दिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया