दशैं नजिकियो, चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै काठमाडौंका मुख्य बजार क्षेत्रहरुमा चहलपहल ह्वात्तै बढेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण लामो समयको निषेधाज्ञाका कारण सुनसान बनेका सडकमा चाप बढ्नुका साथै बजार पसलहरुमा पनि ग्राहकको भीँड बढ्न थालेको छ ।
कोरोनाका कारण थलिएको बजार क्षेत्रका ब्यापारीहरु यतिबेला ग्राहक आउन थालेपछि मुर्झाउन थालेका छन् । दशैं नदिकिँदै गर्दा देशैभरको निषेधाज्ञा हटाइएको छ भने बजार क्षेत्रमा पनि बाक्लो चहलपहल देखिन थालेको छ ।

मंगलबार काठमाडौंको न्यूरोड, असन, लगायतका क्षेत्रमा दशैंका लागि किनमेल गर्न आएका ग्राहकलाई मालसामान देखाउन ब्यापारीहरु ब्यस्त रहेका देखिन्थे ।
बजारमा किनमेल गर्न आउने ग्राहकको भीँड पनि बाक्लै देखिएको थियो ।
बजारमा चहलपहल बढेपछि ब्यापारीहरुले ग्राहकलाई आकर्षित गर्ने विभिन्न योजनाहरु पनि अघि सारेका छन् ।
हरेकजसो पसलमा विभिन्न अपरहरुका बोर्डहरु पनि देखिन थालेका छन् ।
सबैभन्दा बढी दशैंका लागि कपडा किनमेल गर्न आएका ग्राहकहरु बढी देखिएका थियो । कोरोनाले झण्डै दुई वर्षदेखि थलिएका ब्यापारीहरु चहलपहल बढेपछि हौसिएका छन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया