राष्ट्र बैंकले ब्याजदर नघटाउने बैंकलाई कारबाही गर्ने

काठमाडौं । अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले घटाउनका लागि निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठन नेपाल बैंकर्स एशोसियशनलाई निक्षेपको ब्याजदर बढाउनेहरुलाई नियम पालना गरि तत्कालै घटाउन निर्देशन दिएको हो ।
यो साता नियम पालना नगरे कारबाही गर्ने चेतावनी समेत दिएको नेपाल राष्ट्र बैंकका कायममुकायम कार्यकारी निर्देशक दयाराम शर्माले जानकारी दिए ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम संकुचित भएकाले बैंक तथा वित्त संस्थान गत असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाउन थालेका छन् ।
यसअघि केन्द्रीय बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्त कम्पनीले बचत र मुद्दति निक्षेपको ब्याजदरमा ५ प्रतिशतको अन्तर कायम गर्नुपर्ने सूचना जारी गरेको थियो ।
यद्यपी बैंक तथा वित्तीय संस्थाले असोज यसअघि सार्वजनिक गरेको ब्याजदर एक महिना नपुग्दै पुनरावलोकन भन्दै नयाँ ब्याजदर घोषणा गरेपछि केन्द्रीय बैंकले चेतवनी दिएको राष्ट्र बैंकका कायममुकायम कार्यकारी निर्देशक शर्माले बताए ।
मुक्तिनाथ विकास बैंक र सांग्रिला विकास बैंकले यसअघि नै सार्वजनिक निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गरी प्रेश विज्ञाप्तीमार्फत् ब्याजदर घोषणा गरेको थियो । सोही ०.५ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
साथै, नयाँ ब्याजदर सार्वजनिक गरेपनि अन्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै पुनः नयाँ ब्याजदर घोषणा गरेका सिभिल बैंक र सेञ्चुरी बैंकलाई राष्ट्र बैंकले एकल एकल रुपमा निर्देशन दिएपनि मापन प्रयोग नगरेका कारण नेपाल बैंकर्स एशोसियशनलाई बोलाएर निर्देशन दिएको र नियम पालनाका लागि अघि बढ्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले मेरोन्यूजलाई जानकारी दिए ।
यद्यपी दाहालले सेवाशुल्कमा राष्ट्र बैंकले गरेको कडाइमा पुर्नविचार गर्न आग्रह गरेपनि अटेर गरेकाले कारबाहीबाट बच्नुको विकल्प नभएको बताए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया