घटस्थापनादेखि खुल्ने भो सिनेमा हल, दुई चलचित्र रिलिज हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हलहरु आगामी असोज २१ गतेबाट सिनेमा हल खुल्ला हुने भएको छ । कोरोना संक्रमणका कारण डेढ वर्षदेखि सिनेमा हल बन्द भएका थिए ।
नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले यही असोज २१ गते घटस्थापनाबाट सिनेमा हल खोल्ने निर्णय भएको हो ।
कोरोनाका कारण १८ महिनादेखि चलचित्र प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब उप्रान्त २ हप्ताको अन्तरालमा चलचित्र रिलिज गरिने र नेपाली चलचित्रले तोकेको मितिमा विदेशी चलचित्र प्रदर्शन नगरिने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्मातालाई लोभ्याउन संघले चलचित्र रिलिजवापत पाउने शेयर पनि बढाउने निर्णय गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी चलचित्रको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्माता र वितरकलाई भुक्तानी गरिनेछ । दोस्रो हप्तामा ५०÷५० प्रतिशत हुनेछ ।’
पहिला चलचित्र रिलिजको पहिलो हप्तामा निर्माताले ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत शेयर पाउने गरेका थिए ।
कोरोना महामारीका कारण लामो समय बन्द रहेका सिनेमा हललाई गत महिना जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ चलचित्र नहुँदा हलहरु बन्द रहेका छन् ।
यसपालीको दशैंमा सविन श्रेष्ठको ‘धन्दागिरी’ र मल्टीस्टारर चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुनेछ ।










पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया