घटस्थापनादेखि खुल्ने भो सिनेमा हल, दुई चलचित्र रिलिज हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हलहरु आगामी असोज २१ गतेबाट सिनेमा हल खुल्ला हुने भएको छ । कोरोना संक्रमणका कारण डेढ वर्षदेखि सिनेमा हल बन्द भएका थिए ।
नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले यही असोज २१ गते घटस्थापनाबाट सिनेमा हल खोल्ने निर्णय भएको हो ।
कोरोनाका कारण १८ महिनादेखि चलचित्र प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब उप्रान्त २ हप्ताको अन्तरालमा चलचित्र रिलिज गरिने र नेपाली चलचित्रले तोकेको मितिमा विदेशी चलचित्र प्रदर्शन नगरिने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्मातालाई लोभ्याउन संघले चलचित्र रिलिजवापत पाउने शेयर पनि बढाउने निर्णय गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी चलचित्रको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्माता र वितरकलाई भुक्तानी गरिनेछ । दोस्रो हप्तामा ५०÷५० प्रतिशत हुनेछ ।’
पहिला चलचित्र रिलिजको पहिलो हप्तामा निर्माताले ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत शेयर पाउने गरेका थिए ।
कोरोना महामारीका कारण लामो समय बन्द रहेका सिनेमा हललाई गत महिना जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ चलचित्र नहुँदा हलहरु बन्द रहेका छन् ।
यसपालीको दशैंमा सविन श्रेष्ठको ‘धन्दागिरी’ र मल्टीस्टारर चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुनेछ ।

















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया