प्रतितोला २ सयले घट्यो सुनको मूल्य
मेरोन्यूज
२०७८ असोज १४ गते १२:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला ८८ हजार ४५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ ले घटेको छ ।
बुधबार प्रतितोला एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १२० तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया