बुद्ध एयरको जहाज दुर्घटनाबाट जोगाए पाइलटलाई उडान भर्न रोक

काठमाडौँ । गत सोमबार बिहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ फर्किएर दुई घण्टापछि सफल अवतरण गरेको बुद्ध एयरको ९–एनएएनआई एटिआर जहाजका पाइलटलाई ७२ घण्टा उडान भर्न रोक लगाइएको छ । पाइलट आङ्गेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घण्टा उडान भर्न रोक लगाएको हो ।
पाइलट शेर्पाले उडाएको जहाजले भने प्राविधिक जाँच गरेसँगै मंगलदेखि उडान भर्न सुरु गरेको छ । जहाज दुर्घटनाको नजिक पुगेर
सफल अवतरण गर्न सफल भएका पाइलटलाई हुन सक्ने मानसिक तनावको ख्याल गर्दै ७२ घण्टा बिदामा बस्न भनिएको प्राधिकरणले जनाएको छ ।
पाइलट शेर्पाको उडान क्षमतामा प्राधिकरण र बुद्ध एयरले कुनै कमजोरी नदेखिएको जनाएको छ । अन्तर्राष्टिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न नदिइएको हो ।
जहाजको ल्याण्डिङ गेयर डाउन नभएको र थ्रि ग्रिन सिग्नलले संकेत नगरेपछि पाइलटले उच्च सतर्कताका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थतमा अवतरण गराउने तयारी गरेका थिए । तर, जहाजको ल्याण्डिङ गेयर खुलेसँगै सफल अवतरण भएको थियो ।









मंगलबार कति छ सुनको भाउ ?
‘पानी बोकेरै जवानी गयो, अहिले आनन्द छ’
बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया