बुद्ध एयरको जहाज दुर्घटनाबाट जोगाए पाइलटलाई उडान भर्न रोक

काठमाडौँ । गत सोमबार बिहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ फर्किएर दुई घण्टापछि सफल अवतरण गरेको बुद्ध एयरको ९–एनएएनआई एटिआर जहाजका पाइलटलाई ७२ घण्टा उडान भर्न रोक लगाइएको छ । पाइलट आङ्गेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घण्टा उडान भर्न रोक लगाएको हो ।
पाइलट शेर्पाले उडाएको जहाजले भने प्राविधिक जाँच गरेसँगै मंगलदेखि उडान भर्न सुरु गरेको छ । जहाज दुर्घटनाको नजिक पुगेर
सफल अवतरण गर्न सफल भएका पाइलटलाई हुन सक्ने मानसिक तनावको ख्याल गर्दै ७२ घण्टा बिदामा बस्न भनिएको प्राधिकरणले जनाएको छ ।
पाइलट शेर्पाको उडान क्षमतामा प्राधिकरण र बुद्ध एयरले कुनै कमजोरी नदेखिएको जनाएको छ । अन्तर्राष्टिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न नदिइएको हो ।
जहाजको ल्याण्डिङ गेयर डाउन नभएको र थ्रि ग्रिन सिग्नलले संकेत नगरेपछि पाइलटले उच्च सतर्कताका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थतमा अवतरण गराउने तयारी गरेका थिए । तर, जहाजको ल्याण्डिङ गेयर खुलेसँगै सफल अवतरण भएको थियो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया