हात्तीले सुँढले च्याप्दा महिलाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १४ गते २०:०४
झापा । जिल्लामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जंगल गएकी विर्तामोड नगरपालिका ८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दै गर्दा हात्तीले सुँढले च्याप्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया