हात्तीले सुँढले च्याप्दा महिलाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १४ गते २०:०४
झापा । जिल्लामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जंगल गएकी विर्तामोड नगरपालिका ८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दै गर्दा हात्तीले सुँढले च्याप्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया