संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रममा बन्देज हुँदैन : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड-१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने क्रियाकलापमा बन्देज नलगाउने जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रलायले स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नरहेको स्पष्ट पारेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र भक्तपुरले जारी गरेका आदेशका विषयमा सार्वजनिक रुपमा व्यक्त अभिव्यक्ति, चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानआकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’ यसअघि जिल्ला प्रशासन कार्यालयहरुले कुनै पनि पर्व, भेला वा जुलुस गर्न नपाइने आदेश जारी गरेका थिए ।











सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
प्रतिक्रिया