ओलीलाई सयौँ गाडी तथा मोटरसाइकलले स्कर्टिङ गरी लैजाने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सातदोबाटोदेखि गोदावरीसम्म सयौँ गाडी तथा मोटरसाइकलले स्कर्टिङ गर्ने भएको छ । आजदेखि सुरु हुन लागेको पार्टीको विधान महाधिवेशनमा सहभागी हुन जाँदा उनलाई स्कर्टिङ गर्ने भएको हो ।
यसअघि गत असार ३० गते प्रधानमन्त्रीको पदबाट हटेसँगै ओलीलाई बालुवाटारदेखि ओली निवास बालकोटसम्म मोटरसाइकलले स्कर्टिङ गरी लगिएको थियो । पार्टीको प्रथम विधान महाधिवेशनको उद्घाटन गर्ने भएका ओलीलाई सोहीअनुरुप आज पनि स्कर्टिङ गरी महाधिवेशन स्थलसम्म लैजाने भएको एक नेताले जानकारी दिए ।
ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन आगामी आइतरबासम्म चल्ने भएको छ ।
महाधिवेशनमा देशभरबाट पाँच हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने भएका छन् । यस विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतका विषयमा छलफल हुने भएको छ ।


















अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया