भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका हुन ।
यसअघि दैनिक संक्रमितको संख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २७७ जनाको मृत्यु भएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको संख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो संख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।
पछिल्लो एक दिनमा २८ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा संक्रमणमुक्त भएकाको संख्या भन्दा संक्रमित भएकाको संख्या थोरै भएकाले संक्रिय संक्रमितको संख्या कम हुँदै आएको हो । भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोना भाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया