भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका हुन ।
यसअघि दैनिक संक्रमितको संख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २७७ जनाको मृत्यु भएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको संख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो संख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।
पछिल्लो एक दिनमा २८ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा संक्रमणमुक्त भएकाको संख्या भन्दा संक्रमित भएकाको संख्या थोरै भएकाले संक्रिय संक्रमितको संख्या कम हुँदै आएको हो । भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोना भाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।









निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया