कांग्रेसको काठमाडौं महानगर अधिवेशनः को को छन् प्रतिष्पर्धी ?
महानगरमा आफ्नो गुटलाई जिताउन शीर्ष नेताहरुकै दौडधुप

काठमाडौं । नेपाली कांग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकको अधिवेशन (भोलि) शनिवार हुदैछ ।
काठमाडौं महानगरपालिकाको अधिवेशन भए पनि केन्द्रीय महाधिवेशनकै झल्को दिने गरी शीर्ष नेताहरु लागिपरेका छन् ।
महानगरमा शीर्ष नेताहरुको छलफल उम्मेदवारको गठबन्धन बनेको छ । काठमाडौं महानगरमा पूर्व उपसभापति प्रकाशमान सिंहको बलियो प्रभाव छ ।
कांग्रेस युवा नेता गगन थापा लगायतको पनि बलियो प्रभाव छ ।
काठमाडौं महानगरमा प्रकाशमान, गगन थापासँगै रामचन्द्र पौडेल समूह पनि बलियो मानिएको छ ।
केन्द्रीय राजनीतिमै प्रभाव पार्ने काठमाडौं महानगरपालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न शीर्ष नेताहरु नै वार्ता र छलफलमा छन् ।
संस्थापनइतर समूहबाट नीलकाजी शाक्य सभापतिको उम्मेदवार दिने तयारीमा छन् । सिंह निकट उनी काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष हुन् ।
शाक्यलाई नेता सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बलियो साथ रहेको बताइएको छ । ‘अहिलेसम्म कांग्रेसले नजितेको वडाबाट नै कांग्रेसबाट वडा अध्यक्ष भएको हुँ,’ सभापतिका प्रत्याशी शाक्यले भने– ‘मलाई विपी र गणेशमानको छत्रछाँयामा काम गरेको अनुभव छ ।’
शाक्यले आफूलाई गगन, प्रकाशमानसँगै युवाहरु सबैको साथ रहेको दाबी गरेका छन् ।
यता,संस्थापन समूहबाट प्रगतिमान रञ्जितले महानगरपालिका सभापति उम्मेदारी दिने तयारी गरेका छन् ।
रञ्जित काठमाडौंका नयाँ पुस्तामाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेका हुन् ।
सिटौलानिकट मानिने काठमाडौंका राम्रो प्रभाव रहेका नेता भिमसेनदास प्रधानले रञ्जितलाई सहयोग गर्ने देखिन्छ भने प्रधानसँग देउवाले गठबन्धन गरेका छन् ।
प्रधानको साथसँगै सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत र जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीले पनि रञ्जितलाई साथ दिने देखिन्छ ।
राजनीतिलाई व्यवसाय भनेर बुझेको समाजलाई सेवा हो भनेर बुझाउने गरी योजना रहेको नेता रञ्जितले दाबी गरे । उनले भने–‘आगामी निर्वाचनमा पार्टीलाई जिताउनुपर्छ भनेर लागेको हो ।’
देउवाकै समर्थन लिएर १३ औँ महाधिवेशनमा जिल्ला सभापति बनेका सबुजकृष्ण बानियाँले संस्थापनइतर समूहका सभापति शाक्यलाई सघाउने देखिएको छ ।
१२ र १३ औं महाधिवेशनमा महानगर अधिवेशन भएको थिएन । तर १४ औं महाधिवेशनअन्तगरको महानरअधिवेशन दुई समुहबीच भिडन्त हुने देखिएको छ ।
काठमाडौं महानगरको अधिवेशनले केन्द्रीय महाधिवेशनलाई झल्को दिनेगरी केन्द्रीय नेताहरुको ठूलै साँठगाठ देखिएको छ ।
काठमाडौंका एक नेताले मेरोन्युजसँग भने– ‘काठमाडौं महानगरपालिको अधिवेशनमा शीर्ष नेताहरुको चाँसोका कारण थप रोचक बनेको छ ।’
३२ वडा रहेको काठमाडौं महानगरपालिकामा २० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् ।
सबै वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले महानगरपालिकामा मतदान गर्नेछन् । महानगरपालिकाको अधिवेशन शनिवार बिहान साढे ८ बजे राष्ट्रिय सभागृहमा सुरु हुँदैछ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया