अवैध साढे १५ लाखसहित तीन जना पक्राउ
काठमाडौँ । भारतबाट लुकाएर नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँसहित तीन जनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका ३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पर्साको छपकैया सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
उनीहरु हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ । साथै उनीहरू सवार ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
३० माओवादी विद्यार्थी संगठनको सम्मेलन आज पनि । सकिनुपर्ने आज । तर नेतृत्वमा अझै को हुन्छ अन्यौल । मुख्य चार प्रतिस्पर्धी उपाध्यक्षहरु पञ्चासिहं, सुरेन्द्र बस्नेत तिलक भण्डारी र महासचिव उत्तम अधिकारी । प्रचण्डले सर्वसम्मत चयन गर्ने भनेकोले अझै को हुन्छ भन्ने आकाक्षी नेतालाई नै पत्तो छैन ।












झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया