अवैध साढे १५ लाखसहित तीन जना पक्राउ
काठमाडौँ । भारतबाट लुकाएर नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँसहित तीन जनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका ३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पर्साको छपकैया सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
उनीहरु हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ । साथै उनीहरू सवार ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
३० माओवादी विद्यार्थी संगठनको सम्मेलन आज पनि । सकिनुपर्ने आज । तर नेतृत्वमा अझै को हुन्छ अन्यौल । मुख्य चार प्रतिस्पर्धी उपाध्यक्षहरु पञ्चासिहं, सुरेन्द्र बस्नेत तिलक भण्डारी र महासचिव उत्तम अधिकारी । प्रचण्डले सर्वसम्मत चयन गर्ने भनेकोले अझै को हुन्छ भन्ने आकाक्षी नेतालाई नै पत्तो छैन ।















यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
शनिवार बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक आज बस्दै, के छन् एजेण्डा ?
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
प्रतिक्रिया