सञ्चारकर्मी आचार्यको ‘ब्लु डायरी’ विमोचन

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी कृष्ण आचार्यको नयाँ पुस्तक ‘ब्लु डायरी’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रम मार्फत उक्त पुस्तक विमोचन भएको हो ।
प्रमुख अतिथि गौरी मल्ल, साहित्यकार तथा पत्रकार अश्विनी कोइराला र कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
कलाकार गौरी मल्लले पुस्तक निकै रोचक रहेको बताइन् । ‘यो पुस्तक पढ्दा मलाई बुबाको याद आयो । मैले पुस्तककै पात्रका रुपमा आफुलाई अनुभूत गरें । सायद, तपाईहरुले पनि यस पुस्तकको कुनै न कुनै सन्दर्भमा कुनै पात्रका रुपमा आफुलाई अनुभव गर्नुहुन्छ होला,’ मल्लले भनिन् । साहित्यकार अश्विनी कोइरालाले सरल भाषा लेखिएको हुनाले पुस्तक पढ्दा कुनै अलमल नहुने बताए ।
लेखक आचार्यले प्रेम, जीवन र दर्शकमा आधारित रहेर पुस्तक तयार गरेको बताए । पढेर यसमा भएका कमजोरीहरु पनि औल्याइदिन आग्रह गरे । ‘पढेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गरेको छु । राम्रो भए तालि पाइएला, नराम्रो भए गाली पनि दिनुस् । कमी कमजोरीहरु औल्याइदिनुस् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ,’ आचार्यले भने, ‘यसमा केही कमजोरीहरु भएको भए अर्कोपटक सुधार्नेछु । एउटा श्रष्टाका रुपमा मलाई अवश्य पनि आफ्नो सिर्जनाको माया लाग्छ । तर, तपाईंहरुलाई कस्तो लाग्छ भन्ने महत्वपूर्ण हो ।’
लेखक आचार्यले तीन वर्षको अन्तरालपछि नयाँ पुस्तक सार्वजनिक गरेका हुन् । यसअघि उनले ‘अप्रिल फूल’ पुस्तक लेखेका थिए । ‘ब्लु डायरी’ बिएन पुस्तक संसारले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ छ ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया