समान्था र नागा चैतन्यको डिभोर्स

काठमाडौं । दक्षिण भारतीय सिनेमामा अभिनेता नागा चैतन्य र अभिनेत्री समान्था अक्किनैनीको डिभोर्स भएको छ । समान्थाले आफ्नो सामाजिक सञ्जालमार्फत् डिभोर्स भएको पुष्टि गरेकी हुन् ।
समान्थाले इन्स्टाग्राममार्फत् नागा र उनको सम्बन्ध छुट्टिएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कैयौं विचार र विमर्शपछि म र चाई (नागा चैतन्य)ले आफ्नो आफ्नो बाटो अपनाउन पतिपत्नीको सम्बन्धबाट अलग्गिने फैसला गरेका छौं । हाम्रो एक दशकभन्दा पुरानो मित्रता हाम्रो सम्बन्धको मूल हिस्सा थियो। र, मलाई विश्वास छ, हामीबीच सधैं एउटा बन्धन रहनेछ।’

डिभोर्सको कुरा पटक-पटक आउँदा पनि नागा र समान्था चुपचाप थिए । अहिले भने आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको कुरा भएकाले मिडियाबाट टाढा रहेको समान्थाले बताएकी छिन् ।
समान्था र नागाले सन् २०१७ को अक्टोबर ६ मा विवाह गरेका थिए । विवाहको चौंथो वार्षिकोत्सव मनाउनुअघि नै दुईको बन्धन टुटेको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया