समान्था र नागा चैतन्यको डिभोर्स

काठमाडौं । दक्षिण भारतीय सिनेमामा अभिनेता नागा चैतन्य र अभिनेत्री समान्था अक्किनैनीको डिभोर्स भएको छ । समान्थाले आफ्नो सामाजिक सञ्जालमार्फत् डिभोर्स भएको पुष्टि गरेकी हुन् ।
समान्थाले इन्स्टाग्राममार्फत् नागा र उनको सम्बन्ध छुट्टिएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कैयौं विचार र विमर्शपछि म र चाई (नागा चैतन्य)ले आफ्नो आफ्नो बाटो अपनाउन पतिपत्नीको सम्बन्धबाट अलग्गिने फैसला गरेका छौं । हाम्रो एक दशकभन्दा पुरानो मित्रता हाम्रो सम्बन्धको मूल हिस्सा थियो। र, मलाई विश्वास छ, हामीबीच सधैं एउटा बन्धन रहनेछ।’

डिभोर्सको कुरा पटक-पटक आउँदा पनि नागा र समान्था चुपचाप थिए । अहिले भने आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको कुरा भएकाले मिडियाबाट टाढा रहेको समान्थाले बताएकी छिन् ।
समान्था र नागाले सन् २०१७ को अक्टोबर ६ मा विवाह गरेका थिए । विवाहको चौंथो वार्षिकोत्सव मनाउनुअघि नै दुईको बन्धन टुटेको छ ।
















रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया