तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सक्रियता

भैरहवा । चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ ।
तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ ।
त्यसपछि प्रहरीले तस्करी सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।
तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तररूपमा तस्करी गर्ने पुराना तस्करको निगरानी गर्ने र तस्करी गरेको सूचना आउनासाथ नियन्त्रण गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
प्रमुख प्रहरी उपरीक्षक केसीले भने, “चाडपर्वको समयमा हुने पेशेवर तस्करलाई निरुत्साहित गर्नका लागि नियन्त्रण भएको तस्करीका सामान, तस्करीमा प्रयोग भएका ढुवानीको साधन र संलग्न मानिसलाई समेत सख्त कारबाही गर्ने गरिएको छ ।
जिल्लाका सीमा क्षेत्रमा अहिले दैनिक सरदर रु १० लाख मूल्य बराबरको तस्करी सामान नियन्त्रण हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा तस्करी नियन्त्रणलाई न्यूनीकरण गरिएको जनाएको छ ।
सीमा क्षेत्रका प्रहरी चौकीलाई विशेष गरेर रातको समयमा उच्च सतर्कतामा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब निरीक्षक सत्यनारायण थापाले बताए ।
रुपन्देहीमा विशेष गरेर भारतीय बजारबाट भन्सार छली कपडा, सुर्ती, जुत्ता चप्पल, छालाका सामान, खाद्यान्न, किराना तथा हार्डवेयरका सामान, मोटरपार्टस्, मेसिनेरी सामान अवैधरूपमा आउने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । रुपन्देहीका सीमा क्षेत्रबाट अवैधरूपमा हुने तस्करी सामान नेपालका अन्य जिल्लासम्म पुग्ने गरेका छन् । (रासस)


















मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया