जुम्लाको कागुनो लमजुङमा विस्तार गरिँदै

खलंगा । पछिल्लो समय जुम्लाका किसानले रैथाने खेतीलाई प्रवद्र्धन गर्न थालेका छन् । स्थानीय गैरसरकारी संस्था लिवडद्वारा सञ्चालित उत्पारिवर्तशील बाली प्रजनन (इपिबी) परियोजनाले किसानलाई रैथाने खेतीदेखि अन्य अग्र्यानिक बाली उत्पादन र संरक्षणमा सहयोग गर्न थालेको छ ।
लोपोन्मुख कालीमार्सी धान, चिनो कागुनो, कोदो र सिमीलगायतका रैथाने बाली संरक्षण र प्रवद्र्धन गर्न थालिएको हो । बढ्दो बजार माग र महत्व बुझेपछि यहाँका किसान पछिल्लो समय रैथाने बालीको प्रवद्र्धनमा जुटेका हुन् । सस्थाले रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउँदै आएको छ । किसान राजकन्या उपाध्यायलले रैथाने बालीका खेतीमा आकर्षित भएको बताए । अनुभव साटासाट गर्नका लागि सो संस्थाले लमजुङका किसानलाई भ्रमण गराउन जुम्ला ल्याएको छ ।
खेती प्रणाली, उत्पादन वृद्धि संकलन भण्डार, बाली दर्ता तथा बजारीकरणलगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लिवर्ड संस्थाले जिल्लाका किसान र लमजुङका किसानबीच अन्तक्र्रियासमेत गरेको छ । माग बढ्दै गएपछि कालीमार्सी धान, सिमी, चिनो कागुनोलगायतका रैथाने बालीको खेतीमा अग्रसर भएको तातोपानी–४ का किसान उपाध्यायले बताए । उनले भने, “उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण बहुरुपी जातको खेतीमा जोड दिन आवश्यक छ । रैथाने बालीको माग बढेको छ । हामी रैथाने बाली उत्पादन, प्रवद्र्धन तथा खेती विस्तारमा जुटेका छौँ ।” मार्सी धान, सिमी मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादन वृद्धि तथा खेती विस्तारका लागि अनुसन्धानलाई जोड दिनुपर्छ । उत्पादन, संकलन, लेबलिङ, प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने उनले जानकारी दिए ।
लिवर्डले तातोपानी गाउँपालिकास्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको छ । जिल्लामा सञ्चालित धान तथा सिमीका बहुरुपीय जातहरुको अनुगमन गर्न जुम्ला पुगेका लिवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सी धानको उत्पादन वृद्धिका लागि बहुरुपीय जातको खेतीमा जोड दिनुपर्ने बताए । यहाँमै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी जातको खेती गर्ने, बाली समूह उपसमूह बनाउने, बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया सुरु गर्नेजस्ता काममा लिवर्ड प्राविधिक सहयोग गर्ने छ । समान प्रकृति भएका एकै बालीभित्रका जात एकापसमा मिसाएर खेती गर्दा बढी जलवायु अनुकुलनशील तथा दिगो उत्पादन दिनसक्ने खालका हुन्छन् । यहाँको हावापानीमा बहुरुपीय जातको खेती उपयुक्त हुने, लमजुङ जिल्लामा पनि लिवर्डले धान र कागुनो बालीमा काम गर्दै आएको जनाइएको छ ।
किसान भक्तबहादुर गिरीले लिवर्डकै सहयोगले लमजुङमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको अनुभव रहेको छ । गत वर्ष मात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताए । लमजुङकी किसान सानुमाया गुरुङले पनि लोप भएको कागुनोलाई पकेट क्षेत्रकै रूपमा खेती गरेर उत्पादन गरेको जानकारी दिए । लमजुङको कागुनोको खिर दुई वर्ष पहिले काठमाडौँमा भएको खाद्य मेलामा प्रथम भएपछि अझै कागुनो खेतीप्रति आकर्षित भएको बताए ।
मार्सीको उत्पादन, भण्डारण तथा खेती प्रक्रियाबारे पनि जुम्ली किसानले आफ्ना अनुभव लमजुङका किसानलाई सुनाएका थिए । स्थानीय तहमा ठोस कृषि नीति नहुनु, कृषिमा अपर्याप्त बजेट, युवाशक्ति पलायन हुनुलगायतका विभिन्न कारणले उत्पादन वृद्धि नभएको उल्लेख गरे । संस्थाले एैरेनीको मार्सी फाँटमा मार्सीको अनुसन्धान गर्न थालेपछि उत्पादन बढ्न थालेको हो । उत्पादन वृद्धिका लागि आगामी वर्ष बहुरुपी जातको मार्सी खेती गर्ने सोचमा रहेको यहाँका किसान बताउँछन् ।
प्रदेश सरकारले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरे पनि त्यति प्रभावकारी हुनसकेको छैन । किसान आफैँ रैथाने बाली संरक्षणमा जागरुक भएका छन् । जुम्ली मार्सी, सिमी, चिनो, कागुनो, कोदो, फापरलगायतका रैथाने बालीको खेती, उत्पादन वृद्धि, संकलन बजारीकरण नीति निर्माणका लागि स्थानीय तहदेखि प्रदेश केन्द्र तहमा बहस गर्ने जनाइएको छ । संस्थाले लमजुङका किसानलाई जुम्लाको मार्सी धानको खेतीबारे कृषि भ्रमणका लागि ल्याएको छ । रासस










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया