हुम्लाका स्थानीय तह छुटमा खाद्यान्न बिक्री गर्दै

सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल ५०० छुटमा बिक्री वितरण गरिएको उनले बताए । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीमा १२५ र ३० केजीमा १५० छुट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरिद गर्दा ५०० छुट पाएका हुन् ।
कम्पनीले ३० केजीको खाद्यान्न बिक्री वितरण गरिरहेको छ । यसमा प्रतिबोरामा १५० छुट दिइएको छ । जिल्लामा रहेका अन्य डिपो तथा बिक्री केन्द्रमा भने स्थायी कर्मचारी नभएका कारण छुटको खाद्यान्न बिक्री नगरिएको छैन । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ ।
हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठवटा डिपो र बिक्री केन्द्र छन् । सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छुटमा बिक्री सुरु गरिएको छ । यस वर्ष छुटमा खाद्यान्न बिक्री हुँदा यहाँका नागरिक खुसी छन् । छुटले धेरै राहत मिलेको स्थानीय कमल भण्डारीले जानकारी दिए ।
हरेक वर्ष दशैँ–तिहारजस्ता चाडबाडमा कम्पनीबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरे पनि यसअघि कहिल्यै उक्त खाद्यान्न बाँड्ने गरिएको थिएन । रासस

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया