धौनाखोलीमा प्रहरी चौकी स्थापना

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन गरे ।
पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
तत्कालललाई उक्त चौकीमा प्रहरी हबल्दारको नेतृत्वमा छ प्रहरी रहने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । यसका साथै स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएएको छ । हाल जिल्लाभरि २४ प्रहरी चौकी, दुई इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी एक र चार अस्थायी प्रहरी पोष्ट स्थापना भइसकेका छन् ।


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया