अखिल (क्रान्तिकारी)का अध्यक्ष दावेदार ५ नेता बने माओवादी केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्षको दावी गरिरहेका ५ नेता पार्टीको केन्द्रीय सदस्य भएका छन् । विद्यार्थी संगठनको अध्यक्षमा पन्चा सिंहलाई जिम्मेवारी छोडेपछि माओवादी अध्यक्ष प्रचण्डले अध्यक्षका अन्य ५ आकांक्षी नेतालाई पार्टी केन्द्रीय सदस्य बनाएका हुन् ।
प्रचण्डले खुमलटारमा विद्यार्थीका नेताहरुसँग छलफल गर्दै आकांक्षीमध्ये सिंहलाई विद्यार्थी अध्यक्ष र अन्य ५ नेतालाई पार्टी केन्द्रीय सदस्य बनाएका हुन् ।
‘तपाईहरु आजको मितिदेखि नै पार्टीको केन्द्रीय समिति सदस्य हुनुभयो । पार्टीले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने निर्णय गरेको आधारमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भयो,’ प्रचण्डले विद्यार्थी नेताहरुसँग भनेका थिए ।
प्रचण्डको यो निर्णयपछि आजकै मितिदेखि लागु हुने गरी विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।
प्रचण्डले विद्यार्थीको सम्मेलन उद्घाटन कार्यक्रममा विधार्थी संगठनका आकांक्षी सबै नेताहरू योग्य, क्षमतावान र अनुभवी रहेका कारण उनीहरु सबैलाई केन्द्रीय समितिमा ल्याएर नयाँ केन्द्रीय समिति बनाइने बताएका थिए । प्रचण्डले यसअगाडि आकांक्षी नेताहरुको पढाई, पार्टीभित्रको योगदानलगायत विषयमा केन्द्रीत रहेर छुट्टाछुट्टै भेट वार्ता गरेका थिए ।
आज बिहान ९ बजेदेखि १२ बजेसम्म प्रचण्डले विद्यार्थीको अध्यक्षमा आकांक्षी नेताहरुलाई खुमलटारमा सामूहिक भेट वार्ता गरेर केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पेका हुन् ।
त्यस्तै, निर्वतमान अध्यक्ष रञ्जित तामाङ पनि पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनेछन् ।
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया