प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान

इरानले आफ्ना केही मित्र राष्ट्रका तेल बोकेका जहाजहरूलाई ‘सुरक्षा शुल्क’ लिएर हर्मुज जलमार्ग भएर जान दिने भएको छ। इरानी अधिकारीहरूले अलजजीरालाई बताए अनुसार यो शुल्क युद्ध क्षतिपूर्ति प्राप्त गर्ने उद्देश्यले लिन लागिएको हो।
तेहरानस्थित अल जजीराका संवाददाता अली हाशिमका अनुसार इरानले यी शुल्कमार्फत युद्धको क्षतिपूर्ति उठाउने योजना बनाएको छ र पूर्वाधारहरुमा गरिएका आक्रमण पूननिर्माण गर्नेछ ।
अप्रिलको पछिल्लो रिपोर्ट अनुसार, इरानले हर्मुज जलमार्ग भएर पार गर्ने ट्याङ्करहरूका लागि ‘सुरक्षा शुल्क’को एक निश्चित ढाँचा तयार पारेको छ । जसअनुसार ट्याङ्करहरूले सामान्यतया प्रति ब्यारेल तेलको १ अमेरिकी डलर शुल्क तिर्नुपर्ने हुन्छ।
एउटा ठूलो ट्याङ्कर जसले करिब २० लाख ब्यारेल तेल बोक्छ, त्यसले एक पटक पार गर्दा २० लाख डलरसम्म शुल्क तिर्नुपर्ने देखिन्छ। जुन नेपाली रकम करिब ३० करोड हुन आउँछ । १० लाख ब्यारेल तेल बोक्ने साना ट्यांकरहरुले १० लाख डलर तिनुपर्ने इरानी नियम छ ।
पश्चिमी प्रतिबन्धहरूबाट बच्न इरानले यो शुल्क मुख्यतया चिनियाँ युआन वा डिजिटल स्टेबलकोइनमा लिने गरेको छ।
चीन, रुस, भारत, इराक र पाकिस्तानजस्ता मैत्रीपूर्ण देशका जहाजहरूलाई मात्र यो शुल्क तिरेर जान दिने प्रावधान छ ।
हर्मुजसँग सीमा जोडिएको ओमनसँग मिलेर यो शुल्कलाई स्थायी बनाउन र आएको रकमबाट ओमानलाई पनि केही हिस्सा दिनेबारे दुई देशबीच सम्झौताको तयारी हुँदैछ ।

















आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया