बेलायतमा पुनः कोरोना संक्रमण बढ्यो
मेरोन्यूज
२०७८ असोज १७ गते १३:२८

काठमाडौँ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमित संख्या बढ्दै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमणको अवस्था घट्ने अवस्था नदेखिएको हो ।
पछिल्लो एकै दिनमा ३० हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजारभन्दा बढी संक्रमित भेटिएको पाइएको थियो ।
बेलायतमा अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस कोरोना पुष्टि भइसकेको छ । लण्डनमा कोभिड १९ को अवस्था केही हप्ताअघिसम्म सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि बढ्दै जान थालेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १२१ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै एक लाख ३६ हजार ९१० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया