इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु
मेरोन्यूज
२०८२ जेठ ५ गते ८:३५

गाजा । इजरायली सेनाले आइतबार गाजाका विभिन्न क्षेत्रमा जमिनी आक्रमण गरेको छ ।
अल जजीराको रिपोर्टका अनुसार एकै दिनमा यी आक्रमणमा १५१ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २ महिनामा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।
यसअघि मार्च १८ मा इजरायली हमलामा ४ सयभन्दा बढीको मृत्यु भएको थियो । इजरायलले गाजा पट्टीमा विगत ४ दिनदेखि आक्रमणलाई तीव्र पारिरहेको छ । यी ४ दिनमा अहिलेसम्म झण्डै ४ सय जनाको मृत्यु भएको छ।
इजरायलले गाजालाई नियन्त्रण गर्न मे ५ मा ‘गिडोन केरियट्स’ सैन्य अभियान सुरु गरेको थियो। इजरायलले हमासको अन्त्य नभएसम्म आफ्नो कारबाही जारी राख्ने बताएको छ ।
सम्बन्धित
















महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया