दुर्गा प्रसाई एमालेमा कहिले बने केन्द्रीय सदस्य ?

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशन चलिरहेको छ -ललितपुरको गोदावरीमा । १५ असोज देखि जारी महाधिवेशन आजै समापन गर्ने तयारी एमालेले गरिरहेको छ । तर यो विधान महाधिवेशनमा सहभागीहरु मध्येका केहीका हकमा भने अनेक प्रश्न उठेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग यस अगाडी निकटतामा रहेका ब्यापारी दुर्गा प्रसाई एमालेको विधान महाधिवेशनमा प्रतिनिधीका रुपमा सहभागी छन् । अचम्म त के छ भने उनी एमालेको केन्द्रीय सदस्यको हैसियतमा महाधिवेशन हलमा उपस्थित भएका छन् ।
उनले पार्टी केन्द्रीय सदस्यको कार्ड भिरेका छन् ।
विएण्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका व्यवसायी दुर्गा प्रसाईलाई एमालेले कहिले पार्टी केन्द्रीय सदस्य बनायो ? त्यसको बारेमा भने कुनै जानकारी पार्टीका केन्द्रीय सदस्यलाई नै थाहा छैन । एक केन्द्रीय सदस्यले भने,– दुर्गा प्रसाई पार्टीमा आउन सक्छन्, प्रतिनिधी पनि वन्न सक्लान्, तर उनी कहिले केन्द्रीय सदस्य बने हामीलाई भने जानकारी छैन ।’
उनी महाधिवेशन प्रतिनिधी झापाबाट वनेर महाधिवेशनमा सहभागी भएका हुन् । तर उनले पार्टीको केन्द्रीय सदस्यको कार्ड भिरेकोमा भने धेरैले अनौठो मानेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया