दुर्गा प्रसाई एमालेमा कहिले बने केन्द्रीय सदस्य ?

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशन चलिरहेको छ -ललितपुरको गोदावरीमा । १५ असोज देखि जारी महाधिवेशन आजै समापन गर्ने तयारी एमालेले गरिरहेको छ । तर यो विधान महाधिवेशनमा सहभागीहरु मध्येका केहीका हकमा भने अनेक प्रश्न उठेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग यस अगाडी निकटतामा रहेका ब्यापारी दुर्गा प्रसाई एमालेको विधान महाधिवेशनमा प्रतिनिधीका रुपमा सहभागी छन् । अचम्म त के छ भने उनी एमालेको केन्द्रीय सदस्यको हैसियतमा महाधिवेशन हलमा उपस्थित भएका छन् ।
उनले पार्टी केन्द्रीय सदस्यको कार्ड भिरेका छन् ।
विएण्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका व्यवसायी दुर्गा प्रसाईलाई एमालेले कहिले पार्टी केन्द्रीय सदस्य बनायो ? त्यसको बारेमा भने कुनै जानकारी पार्टीका केन्द्रीय सदस्यलाई नै थाहा छैन । एक केन्द्रीय सदस्यले भने,– दुर्गा प्रसाई पार्टीमा आउन सक्छन्, प्रतिनिधी पनि वन्न सक्लान्, तर उनी कहिले केन्द्रीय सदस्य बने हामीलाई भने जानकारी छैन ।’
उनी महाधिवेशन प्रतिनिधी झापाबाट वनेर महाधिवेशनमा सहभागी भएका हुन् । तर उनले पार्टीको केन्द्रीय सदस्यको कार्ड भिरेकोमा भने धेरैले अनौठो मानेका छन् ।













यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया