साहस ऊर्जाको आईपीओ बाँडफाँट

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।
कम्पनीको आइपीओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको र बाँकी २३ लाख ८३ हजार ४६० योग्य आवेदकमध्ये छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणलाई गत असोज ६ देखि १० गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
निष्कासन गरिएको ७० लाख कित्ता शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो ।
तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोशी गाउँपालिकामा कूल ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ । (रासस)










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया