केन्द्रदेखि तल्लो तहसम्म अब यस्तो हुन्छ एमालेको कमिटि

काठमाडौं । नेकपा एमालेको अवको दशौं महाधिवेशनवाट केन्द्र देखि तल्लो तहसम्म कस्तो पार्टी संरचना वन्छ भन्ने टुग्गो विधान महाधिवेशनले तय गरेको छ । सर्वसम्मत रुपमा एमालेको विधान संसोधन प्रस्ताव पारित भएको छ । उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले अहिलेका अध्यक्ष केपी ओली फेरि पनि पार्टी अध्यक्षमा उठन चाहे उनका लागि अनुकुल हुने गरी उमेर हदको ब्याख्या समेत गदै केन्द्रमा १५ सदस्यीय पदाधिकारी रहने ब्यवस्था सहितको विधान एमालेको विधान महाधिवेशनवाट पारित भएको हो ।
एमालेमा ७० वर्षे उमेर हद कायम भएको छ । तर त्यस अगाडी नै कमिटिमा निर्वाचित भए पूरा कार्यकाल जिम्मेवारी सम्हाल्न पाउने ब्यवस्था गरेर ओलीका लागि लचिलो ब्यवस्था एमालेले गरेको छ ।
वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको ब्यवस्था पनि अन्तिममा विधान परित गर्दा एमालेले समेटेको छ । अव केन्द्र देखि तल्लो तहसम्म एमालेको संगठनात्मक संरचना यस्तो वन्नेछ :
१) केन्द्रीय कमिटी – २२५
स्थायी कमिटी– ४५
पदाधिकारी – १५
अध्यक्ष – १
वरिष्ठ उपाध्यक्ष – १
उपाध्यक्ष – ४
महासचिव – १
उपमहासचिब– १
सचिब – ७
२) केन्द्रीय आयोगहरु :
– अनुशासन आयोग १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिव सहित)
– निर्वाचन आयोग १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिव सहित)
– लेखा आयोग १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिव सहित)
३) प्रदेश कमिटी – ५० आधार अंक(एक निर्वाचन क्षेत्र बराबर थप ५ जना)
४) जिल्ला कमिटी – ५० आधार अंक (१ निर्वाचन क्षेत्र थप १५)
५) पालिका कमिटी – ५० आधार अंक (१ वडा थप ५)
६) वडा कमिटी– ३१
केन्द्रीय बाहेकका कमिटीका पदाधिकारीहरु :
अध्यक्ष – १
उपाध्यक्ष– १
सचीव – १
उप सचिव – २
– उपत्यकामा विशेष प्रदेश कमिटिको ब्यवस्था

















Twenty-two passengers injured in bus accident
नेपाल लाइफद्वारा पहिलोपटक पृथक विशेषतासहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
भद्रपुरमा आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात
यामाहा नेपालको भ्यालेन्टाइन सप्ताह अभियान सम्पन्न
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
प्रतिक्रिया