बुधबार, माघ ३०, २०८१

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी प्रहरी नियन्त्रणमा

मेरोन्यूज २०७८ असोज १८ गते ८:२१

काठमाडौँ । भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छन् । सोमबार बिहान उत्तरप्रदेश स्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो ।

गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो क्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो । तर उनी प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरिन् । गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए ।

प्रहरीले गान्धीलाई पक्राउ गर्न सडकका विभिन्न ठाउँमा गाडीहरु रोकेर चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया