प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि डडेलधुराबाट सिफारिस हुनुभएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत् रुपमा आएको कांग्रेस सभापति देउवाको नाम प्रदेश कार्यसमितिले आज केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा यो क्षेत्रमा राणासहित कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका पूर्व प्रमुख नृपबहादुर ओडको नामसमेत सिफारिस गरिएको छ ।
कैलाली–४ बाट कांग्रेसका प्रदेश सभापति एवं विघटित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरसहितका आकांक्षी सिफारिस भएका छन् । बलायर डोटीबाटसमेत सिफारिस हुनुभएको छ । कैलाली –४ मा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहितका आकांक्षीको नाम पनि सिफारिस गरिएको छ ।
कञ्चनपुर–२ बाट विघटित प्रतिनिसभा सदस्य एवं कांग्रेसका नेता एनपि साउदसहितका आकांक्षी र कञ्चनपुर–३ बाट केन्द्रीय सदस्य एवं निर्वतमान गृहमन्त्री रमेश लेखकसहितका आकांक्षीको नाम सिफारिस भएको छ । यसैगरी अछाम–२ बाट विघटित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहसहित सिफारिस भएका छन् । विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट एकल रुपमा सिफारिस भएका छन् ।
कांग्रेसको प्रदेश कार्यसमितिले आसन्न प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका साथै समानुपातिक तथा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रस्तरीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट सिफारिस भई आएका आकांक्षी सबैको नाम केन्द्रमा पठाएको प्रवक्ता रावतले बताए ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ सबै नौ जिल्लामा १६ निर्वाचन क्षेत्र छन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनमा कांग्रेसका आठ, नागरिक उन्मुक्ति पार्टीका तीन र तत्कालीन नेकपा (एकीकृत समाजवादी) पाटीका तीन र नेकपा (एमाले)का दुई प्रत्यासी विजयी भएका थिए ।
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया