अहिंसा दिवसमा शान्ति र्याली

काठमाडौँ । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आठ जिल्लामा शान्ति ¥याली निकालेको छ ।
काठमाडौँ, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा अहिंसा स् पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित शान्ति ¥याली निकालिएको शान्ति समाजका महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिए । शान्ति ¥यालीमा जुनसुकै प्रकारका हिंसालाई निरुत्साहित गर्ने कानूनी व्यवस्था कार्यान्वयनको माग गरिएको थियो ।
संयुक्त राष्ट्रसंघ महासभाले १५ जुन २००७ को दिन अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो ।
अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । यसै अवसरलाई महासभाले अहिंसा दिवसका रूपमा घोषणा गरेको हो । सन् २००७ मा राष्ट्र संघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोबर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबरका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले निजानन्द आश्रम ९टौदह० लाई खाद्य सामग्री सहयोग गरेको छ । यस अवसरमा रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएको उनले सुनाए । शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । ज्येष्ठ नागरिकको सम्मानले नै समाजमा दिगो शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास कार्यक्रमका अवसरमा व्यक्त भएको थियो ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया