अहिंसा दिवसमा शान्ति र्याली

काठमाडौँ । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आठ जिल्लामा शान्ति ¥याली निकालेको छ ।
काठमाडौँ, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा अहिंसा स् पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित शान्ति ¥याली निकालिएको शान्ति समाजका महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिए । शान्ति ¥यालीमा जुनसुकै प्रकारका हिंसालाई निरुत्साहित गर्ने कानूनी व्यवस्था कार्यान्वयनको माग गरिएको थियो ।
संयुक्त राष्ट्रसंघ महासभाले १५ जुन २००७ को दिन अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो ।
अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । यसै अवसरलाई महासभाले अहिंसा दिवसका रूपमा घोषणा गरेको हो । सन् २००७ मा राष्ट्र संघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोबर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबरका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले निजानन्द आश्रम ९टौदह० लाई खाद्य सामग्री सहयोग गरेको छ । यस अवसरमा रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएको उनले सुनाए । शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । ज्येष्ठ नागरिकको सम्मानले नै समाजमा दिगो शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास कार्यक्रमका अवसरमा व्यक्त भएको थियो ।












दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया