प्रधानन्यायाधीशको खण्डन : शेरबहादुर सरहका नेतालाई मैले मन्त्री बनाउनु पर्छ र ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले मन्त्रिपरिषद्मा आफ्नो मान्छेलाई समेत मन्त्री बनाउन माग राखेको समाचार सत्य नभएको बताएका छन् । गठबन्धनको सरकारमा आफ्नो तर्फबाट दुई जनालाई मन्त्री बनाउनु पर्ने समाचार आएसँगै उनले यसबारे खण्डन गरेका हुन् ।
यसैबीच सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरू आज बिहान प्रधानन्यायाधीश शमशेरलाई भेट्न पुगेका थिए । भेटमा उनले आफूले मन्त्री मण्डलमा आफ्नो पक्षबाट कसैलाई मन्त्री बनाउन माग नराखेको बताएका थिए । तर, उनले त्यसलाई ‘जोक’ भएको उल्लेख गरेका थिए ।
उनलाई भेट्न सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीहरू पुगेका थिए । उनीहरूले समाचारमा आएको विषय असत्य भए खण्डन गर्नु पर्ने माग राखेका थिए । उनले पनि आफूले मन्त्री बागबण्डाबारे खण्डन गर्ने बताएका थिए ।
‘जुन नाम आएको छ, एउटा दीपक तिमल्सिना, अर्को गजेन्द्र हमाल । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि,’ सर्वोच्च बारका पदाधिकारीहरूसँग उनले भने, ‘उसँग मलाई जोड्न पर्छ र ? उसलाई मैले बनाउनुपर्छ र ?’
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएको करिब ३ महिना पुग्न लाग्दासमेत मन्त्री मण्डलले पूर्णता पाउन नसकेको अवस्थामा प्रधानन्यायाधीशले आफू पक्षका नेताहरूलाई मन्त्री बनाउन माग राखेको समाचार आएको हो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया