आइतबार, चैत १०, २०८१

दोस्रो दिन पनि शेयर बजारमा गिरावट

मेरोन्यूज २०७८ असोज १८ गते १५:२६

काठमाडौं । साताको कारोबारको दोस्रोे दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । दोस्रो दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको हो ।

सोमबार नेप्से दुई हजार पाँच सय ७० दशमलब ८१ विन्दुमा थामिएको छ ।

त्यस्तै, सोमबार कोरोवारमा पनि गिरावट आएको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

सोमबार कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्थाको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

सोमबार मनकामना लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)काअनुसार, कारोबारको आधारमा सोमबार सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १२ करोड भन्दा बढीको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट आएको थियो ।

प्रतिक्रिया