दोस्रो दिन पनि शेयर बजारमा गिरावट

काठमाडौं । साताको कारोबारको दोस्रोे दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । दोस्रो दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको हो ।
सोमबार नेप्से दुई हजार पाँच सय ७० दशमलब ८१ विन्दुमा थामिएको छ ।
त्यस्तै, सोमबार कोरोवारमा पनि गिरावट आएको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।
सोमबार कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्थाको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
सोमबार मनकामना लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)काअनुसार, कारोबारको आधारमा सोमबार सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १२ करोड भन्दा बढीको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट आएको थियो ।

















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया