पकेटमारको कोड भाषा : प्रहरीलाई ‘ठूल्दाइ’, केटालाई ‘छापा’

काठमाडौँ । काठमाडौं उपत्यकाबाट पक्राउ गरिएका २०७ जना पाकेटमारलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ परिसर मातहतका विभिन्न प्रहरी युनिटले विगत केही दिनदेखिको अवधिमा उपत्यकाका विभिन्न स्थानबाट ती पकेटमार पक्राउ गरेको हो । परिसरले सोमबार पत्रकार सम्मेलन गरी पाकेटमार सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार परेकामध्ये ४६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भइसकेका छन् भने बाँकी एक सय ६१ जना सार्वजनिक गरिएको हो । प्रहरी अनुसन्धानमा पाकेटमारका सांकेतिक भाषा (कोड वर्ड) कसरी प्रयोग गर्छन् भन्ने पनि खुलेको छ ।
पकेट मार्ने क्रममा पैसालाई ‘द’ भन्ने गरेका थिए भने, धेरै पैसा भएको थाहा पाएमा ‘काशी’, केटालाई ‘छापा’ र पुलिस आयोलाई ‘ठूल्दाइ’ जस्ता कोड भाषा प्रयोग गरेर पकेट मार्ने गरिएको प्रहरीले जनाएको छ । त्यस्तै कसैले आफूबारेमा जानकारी पाएको र प्रहरी आएको सुइँको पाएमा गाडीबाट झरेर भाग भन्नेलाई ‘टप्की’ भन्ने भाषा प्रयोग गर्ने गरेको पनि जनाइएको छ ।
पछिल्ला दिनमा उपत्यकाका सार्वजनिक स्थल, सार्वजनिक यातायात, मल, सपिङ कम्प्लेक्स, भिडभाडलगायतका स्थानमा पकेट मारिने क्रम बढेको भन्दै गुनासो आएपछि प्रहरीले पकेटमारविरुद्ध अभियान नै चलेको छ।












निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया