पकेटमारको कोड भाषा : प्रहरीलाई ‘ठूल्दाइ’, केटालाई ‘छापा’

काठमाडौँ । काठमाडौं उपत्यकाबाट पक्राउ गरिएका २०७ जना पाकेटमारलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ परिसर मातहतका विभिन्न प्रहरी युनिटले विगत केही दिनदेखिको अवधिमा उपत्यकाका विभिन्न स्थानबाट ती पकेटमार पक्राउ गरेको हो । परिसरले सोमबार पत्रकार सम्मेलन गरी पाकेटमार सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार परेकामध्ये ४६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भइसकेका छन् भने बाँकी एक सय ६१ जना सार्वजनिक गरिएको हो । प्रहरी अनुसन्धानमा पाकेटमारका सांकेतिक भाषा (कोड वर्ड) कसरी प्रयोग गर्छन् भन्ने पनि खुलेको छ ।
पकेट मार्ने क्रममा पैसालाई ‘द’ भन्ने गरेका थिए भने, धेरै पैसा भएको थाहा पाएमा ‘काशी’, केटालाई ‘छापा’ र पुलिस आयोलाई ‘ठूल्दाइ’ जस्ता कोड भाषा प्रयोग गरेर पकेट मार्ने गरिएको प्रहरीले जनाएको छ । त्यस्तै कसैले आफूबारेमा जानकारी पाएको र प्रहरी आएको सुइँको पाएमा गाडीबाट झरेर भाग भन्नेलाई ‘टप्की’ भन्ने भाषा प्रयोग गर्ने गरेको पनि जनाइएको छ ।
पछिल्ला दिनमा उपत्यकाका सार्वजनिक स्थल, सार्वजनिक यातायात, मल, सपिङ कम्प्लेक्स, भिडभाडलगायतका स्थानमा पकेट मारिने क्रम बढेको भन्दै गुनासो आएपछि प्रहरीले पकेटमारविरुद्ध अभियान नै चलेको छ।

















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया