दुई हजार बालबालिकाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो ।
कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । नमोबुद्धले सेवा फाउण्डेशन र बनेपास्थित रेयुकार्य मासुनागा आँखा अस्पतालको सहयोगमा एक महिने अभियान सञ्चालन गरेको हो । आँखा जाँचपश्चात १११ बालबालिकालाई चस्मा वितरण गर्नुका साथै ३६५ जनालाई निःशुल्क औषधिसमेत उपलब्ध गराएको टिम लिडर प्रफुलराज श्रेष्ठले जानकारी दिए ।
“परीक्षण गरिएकामध्ये ६४ जनामा मोतियाविन्दु देखिएको छ, १४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ”, उनले भने । दुई सय ४२ आँखाका बिरामीको प्राथमिक उपचार केन्द्र भकुण्डेमा उपचार गरिएको थियो । नगरका केही वडामा वृद्धवृद्धाको समेत आँखा परीक्षण गरिएको थियो । नगरले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्क कान सुन्ने मेशिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बीमा गराउने, विपन्न परिवारको स्वास्थ्य बीमा गर्नेलगायत कार्यक्रम सुरु गरेको नगरपालिकाले जनाएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया