चिप्लिएर घाँसे मैदानमा पुगेको जहाज निकाल्न सुरु

काठमाडौँ । त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने काम सुरु भएको छ । दुर्घटना हुनबाट जोगिएको उक्त जहाज आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको थियो ।
सोही क्रममा एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ ।
‘जहाज धस्सिएको हैन पार्किङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टीको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ,’ उनले भने ।
जहाज उडानका लागि कुनै समस्या नरहएको समेत प्रवक्ता शेर्पाले जानकारी दिए । उनले भने, ‘झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ, उडान अवतरणमा कुनै समस्या हुँदैन ।’
विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।

















Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया