दसैँमा घर जान १७ हजारले लिए अग्रिम बसको टिकट

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको संख्यामा कमी आएको हो ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरुको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको जानकारी दिए । ‘कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,’ उनले भने ।
कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्क गोंगबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । हाल दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।
काठमाडौँको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलंकीबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको संख्या न्यून रहेको बताए । ‘निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या परेको छ,’ उनले भने ।
सरकारले यात्रुलाई सहज रुपमा गन्तव्य स्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।

















Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया