प्राधिकरण र इन्टरनेट कम्पनी विवाद
इन्टरनेटको तार किन काट्दैछ विद्युत प्राधिकरण ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गतहप्तादेखि मुलुकका विभिन्न स्थानमा इन्टरनेटको लाइन काट्न सुरु गरेको छ । जसका कारण इन्टरनेटको विषयलाई लिएर चर्चा चुलिएको छ ।
कार्यालयमा एक्कासी विद्युत लाइन र इन्टरनेट सेवा अवरोध भएको छ । तार काट्दा नचल्ने र सेवाप्रदायकको सेवा अवरुद्ध पारिदिने प्राधिकरणबाट चेतावनीसमेत आएकाले इन्टरनेट कम्पनी सर्तक भइरहेका छन् ।
इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणको पूर्वाधार प्रयोग गरेर आफ्नो सेवा विस्तार गर्दा तिर्नुपर्ने शुल्क प्राधिकरणले पछिल्लो समय बढाइदिएको छ । प्राधिकरणले शुल्क बढाएपछि सेवाप्रदायी विरुद्धमा रहेर शुल्क नतिरेकाले लाइन काट्न शुरु गरेको विद्युत प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणले कुनै पनि बहानामा सेवा अवरुद्ध पार्न नहुने भन्दै सचेत पनि गराइसकेको छ भने केवल टेलिभिजन व्यवसायीको संरक्षणमा सञ्चार मन्त्रालय अघि सरेकाले इन्टरनेट सेवा प्रदायकले अटेर गरेका कारण लाइन कटिन थालेका हुन् ।
इन्टरनेट तथा केवल सेवा दिनेले प्राधिकरणलाई यस्तो पूर्वाधार प्रयोग गरे बापत पहिले वार्षिक प्रतिपोल २५० रुपैयाँ तिर्दै आएका थिए । तर प्राधिकरणले भाडाको कुनै पनि दर नभएको भन्दै थप १०० रुपैयाँ बढाएको छ ।










एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया