आफूखुशी शेयरबजारको विश्लेषणले लगानीकर्ता अन्यौलमाः चेम्बर अफ कमर्श

काठमाडौं । नेपाली उद्योगी व्यापारीहरुको संस्था नेपाल चेम्वर अफ कमर्सले धेरै भन्दा धेरै अनलाइन मिडियाले आफू अनुकुलको शेयरबजार सम्बन्धि समाचार सम्प्रेषण गरेको भन्दै नियन्त्रण गर्न सुझाव दिएको छ ।
पूँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागू गर्नुपर्ने सुझाव दिएको छ ।
अहिले धेरै भन्दा धेरै अनलाइन मिडियाहरु सञ्चालनमा आएको र शेयर बजारका बारेमा आफू अनुकुल वा विभिन्न व्यक्ति वा समुहको हितमा शेयर बजार सम्बन्धि समाचारहरु सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको चेम्बरको आरोप छ ।
आफूखुशी बजार विश्लेषण गर्दा बजारमा साना तथा नयाँ लगानीकर्ताहरुमा थप अन्यौलता पर्ने गरेको उसले जनाएको छ ।
साथै नेपाल स्टक एक्सचेञ्ज तथा नेपाल धितोपत्र बोर्ड नेतृत्वविहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनुपर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेको भन्दै छिटोभन्दा छिटो ती निकायहरुको विवाद समाधान गरि नयाँ नेतृत्व ल्याउन पनि चेम्बर अफ कमर्शले सुझाव दिएको छ ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया