संस्कृतिविद् प्रकाशमान ‘सक्व’ कमलबहादुर विष्ट स्मृति पुरस्कारबाट सम्मानित
काठमाडौँ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको साँखु क्षेत्रका सम्पदाको अध्ययन अनुसन्धानमा लाग्नुभएका संस्कृतिविद् प्रकाशमान श्रेष्ठ ‘सक्व’ लाई सम्मान गरिएको छ ।
साँखु, मणिचूड, बज्रयोगिनी, सालिनदी स्वस्थानी व्रत एवं स्थानीय जात्रा, पर्व, शिलापत्र, ताडपत्र एवं ऐतिहासिक कागजपत्रको खोज, अनुसन्धानमा दशकौँ बिताएका श्रेष्ठलाई १५ हजार राशिको कमलबहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिएको हो । उनलाई पुरस्कार कोषका संरक्षक मिश्रीमैया विष्ट, अध्यक्ष राजु विष्ट, सचिव दिनेश विष्ट र कोषाध्यक्ष शिवराम विष्टले नगदसहित सम्मानपत्र तथा दोसल्लाले सम्मानित गरेका हुन् ।
संस्कृतिविद् श्रेष्ठले यस क्षेत्रका सम्पदा एवं मूर्त, अमूर्त संस्कृतिका बारेमा राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाबाट सयौँ लेख रचना प्रकाशित भइसकेका छन् । अहिले पनि उनी यस क्षेत्रको सम्पदाका बारेमा कलम चलाउँदै आएका छन् । स्थानीय जात्रा पर्वको चिनारी तथा साहित्य सेवा, पुस्तक लेखन प्रकाशनसहित शिक्षण सेवामा समेत उनी समर्पित छन् ।
शङ्खरापुर–७ साँखु साल्खा टोलमा विसं २०११ फागुन ७ गते जन्मनुभएका श्रेष्ठ शिक्षण सेवाबाट निवृत्त हुनुभएपछि साँखु क्षेत्रको सांस्कृतिक अध्ययन अनुसन्धानमा पूरा समय बिताउँदै आएका छन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया