संस्कृतिविद् प्रकाशमान ‘सक्व’ कमलबहादुर विष्ट स्मृति पुरस्कारबाट सम्मानित
काठमाडौँ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको साँखु क्षेत्रका सम्पदाको अध्ययन अनुसन्धानमा लाग्नुभएका संस्कृतिविद् प्रकाशमान श्रेष्ठ ‘सक्व’ लाई सम्मान गरिएको छ ।
साँखु, मणिचूड, बज्रयोगिनी, सालिनदी स्वस्थानी व्रत एवं स्थानीय जात्रा, पर्व, शिलापत्र, ताडपत्र एवं ऐतिहासिक कागजपत्रको खोज, अनुसन्धानमा दशकौँ बिताएका श्रेष्ठलाई १५ हजार राशिको कमलबहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिएको हो । उनलाई पुरस्कार कोषका संरक्षक मिश्रीमैया विष्ट, अध्यक्ष राजु विष्ट, सचिव दिनेश विष्ट र कोषाध्यक्ष शिवराम विष्टले नगदसहित सम्मानपत्र तथा दोसल्लाले सम्मानित गरेका हुन् ।
संस्कृतिविद् श्रेष्ठले यस क्षेत्रका सम्पदा एवं मूर्त, अमूर्त संस्कृतिका बारेमा राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाबाट सयौँ लेख रचना प्रकाशित भइसकेका छन् । अहिले पनि उनी यस क्षेत्रको सम्पदाका बारेमा कलम चलाउँदै आएका छन् । स्थानीय जात्रा पर्वको चिनारी तथा साहित्य सेवा, पुस्तक लेखन प्रकाशनसहित शिक्षण सेवामा समेत उनी समर्पित छन् ।
शङ्खरापुर–७ साँखु साल्खा टोलमा विसं २०११ फागुन ७ गते जन्मनुभएका श्रेष्ठ शिक्षण सेवाबाट निवृत्त हुनुभएपछि साँखु क्षेत्रको सांस्कृतिक अध्ययन अनुसन्धानमा पूरा समय बिताउँदै आएका छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया