नेपालमा कागजीसँगै दशैंमा नयाँ नोट

काठमाडौँ । दशैंका लागि यही असोज ४ गतेदेखि २५ गतेसम्म नयाँ नोट सटही भइरहेको छ । दशैंमा दक्षिणा दिन नयाँ नोट चाहनेहरुका लागि नेपाल राष्ट्र बैंकले फुटकर नोट सटही सुरु गरेको हो ।
नयाँ नोट लिनेहरु बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय सहित विभिन्न बैंकमा अहिले पनि लामै लाइनमा लाम लागेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोटहरु वितरण गरिएको छ । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

नेपालमा नगद नोटको इतिहास
दशैमा नयाँ नोट सटही गर्ने प्रचलन आउनुभन्दा अघि नगद नोटको बारेमा थोरै जानकारी लिऔं । २००७ सालको परिवर्तनपछि देशमा केन्द्रीय बैंकको आवश्यकता बोध गरी तत्कालिन प्रिन्सिपल रोयल एडभाइजर गुञ्जमान सिंहको संयोजकत्वमा नेपाल राष्ट्र बैंक ऐन तर्जुमा गरियो । वि.स. २०१२ कत्तिक १८ गते नेपाली नोटको निष्काशन प्रबन्ध गर्ने काम भयो । नेपाली मुद्रा चलनचल्तीमा ल्याउनका लागि नेपालमा बैंकिङ प्रथाको विकास गरियो । विकासका लागि पूँजीगत व्यवस्था बलियो भएकाले त्यसलाई गतिशिल तुल्याउन नेपाल राष्ट्र बैंक ऐन २०१२ जारी गरि नोट व्यवस्था विभाग तयार पारियो । २०१२ बैशाख १९ गते जारी नोट निश्काशन गर्ने लालमोहरको नियमानुसार नेपाली नोट चलनचल्तीमा ल्याउने अधिकार नेपाल राष्ट्र बैंकलाई मात्र हुने व्यवस्था गरियो ।

नेपाल राष्ट्र बैंक सञ्चालन हुनुपुर्व २०१३ साल बैशाख १० गते हिमालय शमशेर जबरालाई बैंकको गर्भनर र सञ्चालक समितिमा सेक्रेटरी नरप्रताप थापा, डे.से.हिरण्यध्वज जोशी, गयाप्रसाद शाह र कृष्णप्रसाद मुगाली थापालाई नियुक्ती गरेको इतिहास नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । शुरुमा नेपाल राष्ट्र बैंकले नोट निश्काषन गर्दा जेथा राख्ने गथ्र्यो । शुरुमा केन्द्रीय बैंकले १ रुपैयाँ, ५, १० र १०० को नोट निश्काषन गर्दा १६ हजार ६ सय ७६ तोला सुन र चाँदी १२ लाख ५० हजार तोला जेथा राखिएको थियो ।
वि.स. २००२ देखि २०१९ जेष्ठ २९ सम्म निश्काशन भएका नेपाली नोटलाई मोहर रुपैयाँ (मोरु) भनिन्थ्यो । यद्यपी तत्कालिन सरकारले वि.स. २०१५ साल चैत्र ३ गते मोरुको ठाउँमा नेपाली रुपैयाँ लेख्ने निर्णय गरेको थियो । वि.स. २०१३ साल बैशाख १४ गते राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंकको उद्घाटन गरेका हुन् । त्यसैले पनि सदर मुलुकी खानाले वि.स. २००२ देखि २०१३ सालसम्म कागजी नोट छापेको हो ।

नेपालमा वि.स. २००२ साल असोज १ गतेदेखि कागजी नोटको प्रचलन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजा त्रिभुवन विर विक्रम शाह र प्रधानमन्त्री जुद्धशमशेर राणाको समयमा कागजी नोट छापिएर शुरुवात भएको हो । सदर मुलुकी खानाले उक्त कागजी नोटमा पण्डित जनकराजको हस्ताक्षर थियो । कागजी नोट पहिलो पटक इन्डिया सेक्युरेटी प्रेस नासिकबाट नोट छपाई गरेर नेपाल ल्याएको थियो । पहिलो पटक ५ रुपैयाँको नोट ६ लाख ६० हजार थान, १० रुपैयाँको ३ लाख २० हजार र १०० रुपैयाँ दरका नोटहरु ४५ हजार थान नोटहरु चलनचल्तीमा ल्याईएको थियो ।
नेपाली मुद्राको चलनचल्ती बढाउन वि.स. २०१४ असार २९ गते विदेशी मुद्रा नियन्त्रण ऐन बनाउने क्रम अघि बढ्यो । २०१९ असार १५ गते ऐन जारी भएको इतिहास नेपाल राष्ट्र बैंकको वित्तिय शाखामा छ । नोटभन्दा अघि नेपालमा सिक्काको मात्र प्रचलन थियो । सिक्काभन्दा अघि खाद्य पदार्थ सटहीको व्यवस्था नै रहेको हो ।


किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।









तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया