बिहीबार, पुष ३, २०८२

चार सयले घट्यो सुनको मूल्य

मेरोन्यूज २०७८ असोज २० गते ११:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ । छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० तोकिएको छ ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ८९ हजार ८५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मंगलबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

प्रतिक्रिया