शान्ति, सुरक्षा कायम गर्न प्रहरीको भूमिका अतुलनीय : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री खाणले उर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्नेहरूको प्रशंशा गरे ।
‘शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय छ,’ मन्त्री खाणले भने, ‘उर्जाशील जीवनको अतुुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्ने प्रहरीहरूप्रति मेरो सम्मान छ ।’ सरकारले नीतिगत निर्णय गर्दा हुने विरोधमा सबैभन्दा पहिला विरोधीको निसानामा ड्युटीमा रहेकोे बर्दीधारी प्रहरी पर्ने भन्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई कसरी आधुनिकीकरण गरेर समय सापेक्ष बनाउने भन्नेमा सरकार गम्भीर रहेको बताए ।
उनले जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेको बताए । जनताको जिउ धन र सुरक्षामा प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंशा गर्दै उनले आगामी दिनमा यो भन्दा अझ राम्रो गर्ने विश्वास आफूलाई रहेको बताए । प्रहरीलाई कर्तव्यनिष्ट र साधन स्रोत सम्पन्न बनाउन पूर्वगृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लागिरहेको उनले बताए ।
विश्वभर फैलिएको कोभिड–१९ महामारी, प्राकृतिक प्रकोप, बाढी, पहिरो डुवानलगायत विपद्मा परेका नागरिकलाई आफ्नो जीवनको परवाह नगरी उद्दारमा खटिने प्रहरीको कार्य सराहनीय रहेको बताए । कर्तव्य पालनाको शीलशीलामा जीवन आहुती दिने अमर प्रहरीका परिवारसँग सरकार सधै समिपमा रहने उनले बताए ।
प्रहरी दिवसको अवसरमा यसवर्ष कर्तव्य पालनाको शीलशीलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरियो । ती मध्य ७ जनालाई काठमाडौँबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमा प्रहरीले सम्मान गरेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्वप्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई सम्मान गरे ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया