शान्ति, सुरक्षा कायम गर्न प्रहरीको भूमिका अतुलनीय : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री खाणले उर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्नेहरूको प्रशंशा गरे ।
‘शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय छ,’ मन्त्री खाणले भने, ‘उर्जाशील जीवनको अतुुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्ने प्रहरीहरूप्रति मेरो सम्मान छ ।’ सरकारले नीतिगत निर्णय गर्दा हुने विरोधमा सबैभन्दा पहिला विरोधीको निसानामा ड्युटीमा रहेकोे बर्दीधारी प्रहरी पर्ने भन्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई कसरी आधुनिकीकरण गरेर समय सापेक्ष बनाउने भन्नेमा सरकार गम्भीर रहेको बताए ।
उनले जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेको बताए । जनताको जिउ धन र सुरक्षामा प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंशा गर्दै उनले आगामी दिनमा यो भन्दा अझ राम्रो गर्ने विश्वास आफूलाई रहेको बताए । प्रहरीलाई कर्तव्यनिष्ट र साधन स्रोत सम्पन्न बनाउन पूर्वगृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लागिरहेको उनले बताए ।
विश्वभर फैलिएको कोभिड–१९ महामारी, प्राकृतिक प्रकोप, बाढी, पहिरो डुवानलगायत विपद्मा परेका नागरिकलाई आफ्नो जीवनको परवाह नगरी उद्दारमा खटिने प्रहरीको कार्य सराहनीय रहेको बताए । कर्तव्य पालनाको शीलशीलामा जीवन आहुती दिने अमर प्रहरीका परिवारसँग सरकार सधै समिपमा रहने उनले बताए ।
प्रहरी दिवसको अवसरमा यसवर्ष कर्तव्य पालनाको शीलशीलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरियो । ती मध्य ७ जनालाई काठमाडौँबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमा प्रहरीले सम्मान गरेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्वप्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई सम्मान गरे ।


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया