शेयर बजारमा लगातार दुई दिन ठूलो वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको चौथो दिन बुधबार ६८ दशमलब ४७ अंकले उकालो लागेको छ ।
तीन दिन लगातार ओरालो लागेको बजार मंगलबार ४२ अंकले बढेको थियो । बजार परिसूचक अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले वृद्धि भई २६८१.१० बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल २२७ कम्पनीको ५५ हजार ३ सय ८५ कारोबारबाट ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १ सय ४२ रुपैयाँ बराबरको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता शेयर किनबेच भए ।
मौद्रिक नीतिबाट आएको शेयर धितोकर्ता ४ र १२ करोडको सीमा, ब्याजदर बढाउने कारणले शेयर बजारलाई नकारात्मक प्रभाव पारेको हो ।
तरलता अभाव सिर्जना गरेर ब्याजदर बढाउने अधिकतम प्रयासमा केन्द्रीय बैंकले रोकेर रिपो जारी गरे पछि पछिल्लो समय बैंकिङ रकममा सहजता देखिएको छ ।
यसले शेयर बजारमा सकारात्मक प्रभाव पारेकाले अबका केहिदिनसम्म शेयर कारोबारमा सुधार हुने संकेत देखिएको अनुमान गर्न सकिन्छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया