शेयर बजारमा लगातार दुई दिन ठूलो वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको चौथो दिन बुधबार ६८ दशमलब ४७ अंकले उकालो लागेको छ ।
तीन दिन लगातार ओरालो लागेको बजार मंगलबार ४२ अंकले बढेको थियो । बजार परिसूचक अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले वृद्धि भई २६८१.१० बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल २२७ कम्पनीको ५५ हजार ३ सय ८५ कारोबारबाट ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १ सय ४२ रुपैयाँ बराबरको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता शेयर किनबेच भए ।
मौद्रिक नीतिबाट आएको शेयर धितोकर्ता ४ र १२ करोडको सीमा, ब्याजदर बढाउने कारणले शेयर बजारलाई नकारात्मक प्रभाव पारेको हो ।
तरलता अभाव सिर्जना गरेर ब्याजदर बढाउने अधिकतम प्रयासमा केन्द्रीय बैंकले रोकेर रिपो जारी गरे पछि पछिल्लो समय बैंकिङ रकममा सहजता देखिएको छ ।
यसले शेयर बजारमा सकारात्मक प्रभाव पारेकाले अबका केहिदिनसम्म शेयर कारोबारमा सुधार हुने संकेत देखिएको अनुमान गर्न सकिन्छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया