ओमबिक्रम बिष्टको गीतबाट राजबल्लभ फेरि अभिनयमा

काठमाडौं । चर्चित गायक तथा संगीतकार ओमबिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको गीत ‘उनी आउने’ को म्युजिक भिडिओमा चर्चित नेपाली नायक राजबल्लभ कोइरालाले अभिनय गरेका छन् ।
हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिइरहेका बिष्टले यो गीत केहि वर्ष अगाडि नै तयार गरेपनि हालैमात्र अमेरिकामा म्युजिक भिडियो बनाएका हुन् ।
अमेरिकामै रहेका राजबल्लभले उक्त गीतमा अभिनय गरेका हुन् । उक्त एल्बममा अमेरिकामै रहेकी संजीता कोइरालाको पनि अभिनय रहेको छ ।
‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘नभनिदेउ तिम्रो ओठको लाली’ जस्ता चर्चित गीतका गायक विष्टले अमेरिकामै रहेका राजभल्लभ र संजीतालाई अभिनय गराउन ‘उनी आउने’ गीतको म्युजिक भिडियो बनाएका हुन् ।
म्याक्स टीभी नेपालले निर्माण गरेको उक्त गीतको भिडिओको गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ । गीतको भिडिओलाई नवराज आचार्यले निर्देशन गरेका छन् ।
अमेरिकामा नै पूर्ण छायांकन गरिएको यस भिडिओका निर्देशक आचार्यले एक दशक अगाडि ‘कलिउड’ नामक नेपाली चलचित्रको निर्देशन गरेका थिए । आचार्य पनि हाल अमेरिकामा नै बस्दै आएका छन् ।
भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिङ गरेको भिडिओका छायांकन शम्भु मोक्तानले गरेका हुन् ।
नायक राजभल्लभले गायक ओमबिक्रम बिष्टको गीतमा अभिनय गर्न पाउनु एउटा राम्रो अवसर भएको सामाजिक सञ्जालमा बताएका छन् ।
केहि वर्षदेखि अमेरिकामा बस्दै आएका राजबल्लभले अमेरिकामा रहँदा तीनवटा म्युजिक भिडिओमा अभिनय गरेको जनाएका छन् ।
भिडियो
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया