ओमबिक्रम बिष्टको गीतबाट राजबल्लभ फेरि अभिनयमा

काठमाडौं । चर्चित गायक तथा संगीतकार ओमबिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको गीत ‘उनी आउने’ को म्युजिक भिडिओमा चर्चित नेपाली नायक राजबल्लभ कोइरालाले अभिनय गरेका छन् ।
हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिइरहेका बिष्टले यो गीत केहि वर्ष अगाडि नै तयार गरेपनि हालैमात्र अमेरिकामा म्युजिक भिडियो बनाएका हुन् ।
अमेरिकामै रहेका राजबल्लभले उक्त गीतमा अभिनय गरेका हुन् । उक्त एल्बममा अमेरिकामै रहेकी संजीता कोइरालाको पनि अभिनय रहेको छ ।
‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘नभनिदेउ तिम्रो ओठको लाली’ जस्ता चर्चित गीतका गायक विष्टले अमेरिकामै रहेका राजभल्लभ र संजीतालाई अभिनय गराउन ‘उनी आउने’ गीतको म्युजिक भिडियो बनाएका हुन् ।
म्याक्स टीभी नेपालले निर्माण गरेको उक्त गीतको भिडिओको गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ । गीतको भिडिओलाई नवराज आचार्यले निर्देशन गरेका छन् ।
अमेरिकामा नै पूर्ण छायांकन गरिएको यस भिडिओका निर्देशक आचार्यले एक दशक अगाडि ‘कलिउड’ नामक नेपाली चलचित्रको निर्देशन गरेका थिए । आचार्य पनि हाल अमेरिकामा नै बस्दै आएका छन् ।
भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिङ गरेको भिडिओका छायांकन शम्भु मोक्तानले गरेका हुन् ।
नायक राजभल्लभले गायक ओमबिक्रम बिष्टको गीतमा अभिनय गर्न पाउनु एउटा राम्रो अवसर भएको सामाजिक सञ्जालमा बताएका छन् ।
केहि वर्षदेखि अमेरिकामा बस्दै आएका राजबल्लभले अमेरिकामा रहँदा तीनवटा म्युजिक भिडिओमा अभिनय गरेको जनाएका छन् ।
भिडियो














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया