सोमबार, वैशाख ७, २०८३

महिला टोलीको बन्द प्रशिक्षण कात्तिक ३ देखि सुरु

मेरोन्यूज २०७८ असोज २१ गते १६:१७

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण कात्तिक ३ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार बसेको बोर्ड बैठकले महिला टिमको प्रशिक्षण कात्तिक ३ गतेदेखि गर्ने निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

युएईमा आयोजना हुने आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमले तयारी गर्न लागेको हो । छनोट आगामी नोभम्बरमा हुने छ । क्यानले छनोटका लागि प्रारम्भिक चरणमा २४ खेलाडीलाई डाकेको छ ।

क्यानले बोलाएको टोलीमा रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई र सरस्वती चौधरी छन् । यस्तै, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, बिनु बुढा मगर, करुणा भण्डारी र सरिता मगर रहेका छन् ।

बन्द प्रशिक्षण काठमाडौँमा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया