महिला टोलीको बन्द प्रशिक्षण कात्तिक ३ देखि सुरु
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण कात्तिक ३ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार बसेको बोर्ड बैठकले महिला टिमको प्रशिक्षण कात्तिक ३ गतेदेखि गर्ने निर्णय गरेको हो ।
युएईमा आयोजना हुने आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमले तयारी गर्न लागेको हो । छनोट आगामी नोभम्बरमा हुने छ । क्यानले छनोटका लागि प्रारम्भिक चरणमा २४ खेलाडीलाई डाकेको छ ।
क्यानले बोलाएको टोलीमा रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई र सरस्वती चौधरी छन् । यस्तै, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, बिनु बुढा मगर, करुणा भण्डारी र सरिता मगर रहेका छन् ।
बन्द प्रशिक्षण काठमाडौँमा हुने क्यानले जनाएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया