मन्त्री बन्न दौरासुरुवाल सिलाएका चौधरीले पाएनन् मन्त्री

काठमाडौँ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बन्नेहरुको सम्भावित नामहरुबारे पनि चर्चा चल्नु स्वभाविकनै थियो । पछिल्लो करिब तीन महिनादेखीको त्यो चर्चामा एकीकृत समाजवादीबाट मेटमणी चौधरीको नामपनि मन्त्री बन्नेको सूचिमा सबैभन्दा बढी चर्चामा थियो ।
हुनपनी एमाले विभाजन हुनुभन्दा अघिदेखीनै सबैभन्दा बढी केपी शर्मा ओलीको आलोचना चौधरीले सार्वजनिक रुपमा गरीरहेका थिए । उनले पार्टी एकता भएपनि आफू एमालेमा नबस्ने घोषणासमेत गरेका थिए । सोही कारणपनि उनलाई सम्भावित मन्त्रीको रुपमा सबैले लिएका थिए । सायद उनी पनि मन्त्री बन्नेमा ढुक्क थिए । देउवा नेतृत्वको सरकार बनेको अर्कोदिननै उनले बानेश्वरमा रहेको एक टेलरिङमा दौरा सुरुवाल र कोट सिलाईको अर्डर गरेका थिए ।
उनले टेलरिङमा एक दुई दिनभित्रै सिलाईसक्नुपर्ने भन्दै आग्रह गरेका थिए । चौधरी सार्वजनिक व्यक्तित्व भएकाले सो टेलरिङमा रहेका अन्य ग्राहकहरुले पनि मन्त्री बन्नलाई होक्या नेताज्यू भन्दै उनलाई जिस्काएका थिए । उनले पनि मन्द मुस्कानको जवाफबाट सहमति जनाएको एक प्रत्यक्षदर्शीले मेरोन्यूजलाई बताए । तर आज एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामावली सार्वजनिक गर्दैगर्दा चौधरीको नाम मन्त्री बन्नेको लिस्टमा अट्न सकेको छैन ।
सामाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्दैछन् । एकीकृत समाजवादीले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा खतिवडा, स्वास्थ्यमा झाँक्री, पर्यटनमा आले र श्रममा श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस्
एकीकृत समाजवादीले टुंग्यायो मन्त्री र मन्त्रालय, कुन मन्त्रालयमा को मन्त्री ?

















पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्भाव र्याली
फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी
दुई फर्मलाई विभागद्वारा जरिवाना
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया