एकीकृत समाजवादीले टुंग्यायो मन्त्री र मन्त्रालय, कुन मन्त्रालयमा को मन्त्री ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको तर्फबाट सरकामा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको हो ।
एकीकृत समाजवादीका नेता विरोध खतिवडाका अनुसार मन्त्री हुनेमा स्वंम् खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठ रहेका छन् । उनका अनुसार एकीकृत समाजवादीले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा खतिवडा, स्वास्थ्यमा झाँक्री, पर्यटनमा आले र श्रममा श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । ज्योतिषीको सल्लाहामा नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउने बताइएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले मन्त्रिपरिषद्लाई पूणर्ता दिन सकेका छैनन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया