रविना थापाले कास्की र म्याग्दीमा स्वास्थ्य शिविर सञ्चालन गदै

काठमाडौं । गैरआवासीय नेपाली दिवसको अवसर पारेर महिला तथा युवा विभाग र स्थानिय तहमा पोखरामा अन्तर्राष्ट्रिय कास्की समाज र म्याग्दीमा मोना संस्थाको सहयोगमा महिलाहरुको निशुल्क पाठेघर, स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
उक्त नि: शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार र आईतबार (अक्टोवर ९ र १० तारिक) हुदैछ ।
गैरआवासीय आवसी नेपाली संघको महिला तथा युवा विभाग संयोजक एवम अध्यक्ष पदकी प्रत्यासी रविना थापाले शनिवार बेनीबजार म्याग्दीमा र आइतवार सारङकोट पोखरा कास्कीमा महिलाहरुको नि: शुल्क पाठेघर परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी दिईन् ।
थापाले एनआरएनएको चुनावमा व्यस्त हुँदा हुँदै पनि उनले समाजसेवालाई पहिलो प्राथमिकतामा राखेको बताउँछिन् ।
चुवानी प्रचार प्रसारमा भन्दा पनि समाजलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्नेमा आफुले समय दिईरहेको उनको भनाई छ । अध्यक्षका प्रत्यासिहरु मतदाता आकर्षित गर्न विभिन्न चलखेलमा लागिरहेको समयमा थापा भने सामाजिक काममै ब्यस्त छिन् ।
थापाले एनआरएनएलाई अझ बढी सम्बृद्ध बनाउनलाई रोजगारको सिर्जना गर्ने, मताधिकारको अधिकार सबैले पाउने जस्ता एजेन्डा अघि सारेकी छिन् ।
लामो समयदेखि व्यक्तिगत वा संस्थागतरुपमा समाजसेवा मा तल्लीन रहेकी थापा अहिले त्यसैलाई निरन्तरता दिरहेको जानकारी दिईन् ।
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया