प्रदेश १ र बागमती प्रदेशमा हाम्रो सरकार बन्छ : माधव नेपाल
मेरोन्यूज
२०७८ असोज २३ गते २०:५९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्री फेरिने बताएका छन् । शनिबार काभ्रेमा आयोजना भएको पार्टीको कार्यक्रमलाई सम्बोधन उनले दुई वटा प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद परिवर्तन हुने बताएका हुन् ।
‘प्रदेश एक र बागमती प्रदेशमा अब छिट्टै हाम्रो पार्टीको मुख्यमन्त्रीसहितको सरकार बन्न गइरहेको कुरा तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,’ अध्यक्ष नेपालले भने ।
यस्तै, उनले चाँडै नै अन्य प्रदेशको सरकारमा समेत सहभागी हुने बताए ।
सम्बन्धित
प्रतिक्रिया